अवैध लागूऔषध सहित पक्राउ

ईलाम माघ ९ ।रोङ गाउँपालिका-४ जोरकलशबाट करिब १ ग्राम २ सय मिलिग्राम चरेस जस्तो देखिने पदार्थ र ८९ ग्राम गाँजा सहित सुनसरी बराहक्षेत्र नगरपालिका-१ चियाबारी बस्ने ३५ वर्षीय राज कुमार राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी किटेनीबाट खटिएको प्रहरीले पैदलयात्री राईलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१ सिमपानीबाट १ केजी अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४२ वर्षीय बिष्णु गौचनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले गौचनको कोठामा तलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
सर्लाही, हरिवन नगरपालिका-८ पुरानो बजारबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बागमती नगरपालिका-१२ बस्ने ३८ वर्षीय रुद्र बहादुर अधिकारी र उनकै श्रीमती ३० वर्षीया रिचा अधिकारी रहेका छन् । बा.६८ प ४९७२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकोबताएको छ
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
२ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…