वन्यजन्तु चितुवाको छाला, दाँत र विभिन्न हातहतियार सहित पक्राउ
![](http://janarakshya.com/wp-content/uploads/2022/01/Nepal_Police_logo-1.png)
कास्की माघ ९ । पोखरा महानगरपालिका-२२ पुम्दि भुम्दी बस्ने २८ वर्षीय खो बहादुर थापालाई वन्यजन्तु चितुवाको जस्तो देखिने छाला, दाँत र विभिन्न हातहतियार सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
थापाले अवैध रुपमा वन्यजन्तुको छाला घरमा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा चितुवाको जस्तो देखिने छाल १ थान, २ वटा दाह्रा सहितको दाँतको भागको टुक्रा १ थान र दुई नाले कार्तुस बन्दुक १ थान , सोही बन्दुकमा लाग्ने प्रयोग भइसकेको खालि खोका ४५ थान, धातुका छर्रा १ सय ९१ थान, बारुद ३ सय १५ ग्राम, धातुका सानो छर्रा १ सय ५० ग्राम, छर्रा बनाउन प्रयोग हुने सिसाको धातुको विभिन्न आकारको डल्लो पदार्थ २ किलो ९ सय ५ ग्राम र सानो पटाका रहेको रातो रंगको पत्ता १ थान सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
समाज
थप सामाग्री![](http://janarakshya.com/wp-content/uploads/2025/01/472970992_1308246580373439_4081260981370057948_n_oxJb3ds93Q-468x300.webp)
बक्स अफिसमा कंगनाको ‘इमर्जेन्सी’ को कमजोर प्रदर्शन
January 18, 2025
1.3kViews 212 Shares Share on Facebook Share on Twitter मुम्बई । धेरै अवरोधहरू पछि कंगना रनौतको बहुप्रतिक्षित राजनीतिक ड्रामा फिल्म…