खाडी देशहरुमा भिजिट भिसामा जान रोक

काठमाडौं माघ १० । सरकारले मलेसिया तथा खाडी राष्ट्रहरुमा भिजिट भिसामा जान रोक लगाएको छ ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै माघ १० गतेदेखि अर्को आदेश नभएसम्मका लागि मलेसिया र खाडी मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको जनाएको हो । कोभिड-१९ ओमिक्रोन भेरिएन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रुपमा फैलिदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरु र मलेशियामा गई बिचल्लीमा पर्ने गरेका गुनासो, समाचार र सूचनाहरु प्राप्त भएकोले माघ १० गतेदेखि लागु हुने गरी अर्को आदेश नभएसम्मको लागि त्यस्ता राष्ट्रहरुको भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको सूचनामा जनाइएको छ। तर सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु, अन्तराष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तिय संघ संस्थाका प्रतिनिधि एवं अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधिहरु, नेपालमा सामान आयात-निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरु (आयात निर्यात सम्बन्धीकार्यका लागि मात्र) र व्यवसायिक कम्पनी/फर्मका सञ्चालक वा व्यवसायीहरुलाई भने अनुमति रहेको मन्त्रालयले जनाएको छ।त्यस्तै खाडी राष्ट्रहरु बाहेक कम्तिमा २ वटा अन्य मुलूक पर्यटकको रुपमा भ्रमण गरिसकेका यात्रुहरु, वार्षिक न्यूनतम ६ लाख रुपैयाँ कर योग्य आय भै कम्तिमा सो को आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आवद्धता भएका व्यक्तिहरु, औद्योगिक तथा व्यवसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आवद्ध विशिष्ट संस्थाको विशिष्ट कार्यका लागि जानुपर्ने संस्थासँग सम्बन्धित आधिकारिक प्रतिनिधिहरु तथा वैदेशिक रोजगार व्यवसायको बजार प्रबर्द्धनको लागि जाने म्यानपावर व्यवसायीहरु र बिरामी कुरुवा वा बिरामीको रेखदेखको रुपमा जाने (३ पुस्ता भित्रका) पारिवारिक सदस्यहरु भने जान पाउने मन्त्रालयले जनाएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
मोरङमा भिषण आगलागी : दुई बालबालिकाको मृत्यु, ८ घर ध्वस्त
-
आज चैत ५ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
गाईलाई कुटीकुटी नदीमा हाल्ने वडाध्यक्षसहित अन्यलाई बाजुरा सदरमुकाम झिकाउन निर्देशन
-
मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
-
आज चैत ४ गते सोमबारको राशीफल :पशुपतिनाथ भगवानले रक्षा गरुन

नेपाल प्रहरीको ३१ औं महानिरीक्षक दिपक थापा हुने लगभग निश्चित
२ दिन अगाडि
1.5kViews 419 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३१ औं महानिरीक्षक नियुक्तिको अन्तिम गृहकार्य…