भारतबाट हुने आवतजावतमा रोक

कञ्चनपुर: कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतको कार्य बन्द गरिएको छ। प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले माघ ९ गते राति १२ बजेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक कार्यबाहेक सीमा नाकामा भारततर्फबाट हुने आवतजावत (साइकलमार्फत् हुने क्यारिङसमेत) नगर्ने/गराउने निर्णय गरेको छ।अति आवश्यक कामले जानै पर्ने भए सोसँग सम्बन्धित कागजात र कोभिड-१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटोसमेत भए हुने
अनिवार्यरूपमा सुरक्षाकर्मीलाई देखाउनुपर्ने नियम लागू गरिएको छ। विवाह, व्रतबन्ध जस्ता समाजिक कार्य गर्दा २५ जनाको सङ्ख्या नबढाई गर्ने र नित्य धार्मिक पूजा प्रार्थना बाहेकका धार्मिक भेला तथा कार्यक्रमहरु हाललाई सञ्चालन नगर्ने र एम्बुलेन्स सेवा प्रदायक संस्थाहरुलाई आफूले सञ्चालनमा ल्याइएका एम्बुलेन्सहरुमा अनिवार्यरूपमा जिपिएस राख्नुपर्नेछ।
सरकारी निकाय, स्थानीय तह, गैरसरकारी निकाय, संघसंस्था, पत्रकार महासंघलगायतका सरोकारवाला सबै संघसंस्थाको सहकार्य र समन्वयमा सबै पालिकामा अभियानका रूपमा जनचेतनामूलक कार्यक्रम र मास्क अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि नेपाल सरकारको निर्णय सबै सुरक्षा निकायलगायत सबै सरोकारवाला निकायहरु र संघसंस्थाहरु समन्वयात्मक रूपमा परिचालन भई कार्यान्वयन गर्न बैठकले आग्रहसमेत गरेको छ। अन्नपूर्ण पोस्ट बाट
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज चैत ५ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
गाईलाई कुटीकुटी नदीमा हाल्ने वडाध्यक्षसहित अन्यलाई बाजुरा सदरमुकाम झिकाउन निर्देशन
-
मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
-
आज चैत ४ गते सोमबारको राशीफल :पशुपतिनाथ भगवानले रक्षा गरुन
-
नेपाल प्रहरीको ३१ औं महानिरीक्षक दिपक थापा हुने लगभग निश्चित

कैलालीमा १७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ
२ दिन अगाडि
1.4kViews 418 Shares Share on Facebook Share on Twitter धनगढी । कैलालीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको छ ।…