मुगुमा ट्राफिक प्रहरीद्वारा एक लाख रपैयाँ बढी राजश्व संकलन

मुगु माघ  ११  । जिल्ला ट्राफिक कार्यालय मुगुले चालू आर्थिक वर्षको ६ महीनामा १ लाख रुपैयाँ भन्दा धेरै राजस्व संकलन गरेको छ । चालू आव २०७८/७९ को पुस सम्म ट्राफिक कार्यालय मुगुले १ लाख ४७ हजार ५ सय रकमको राजस्व संकलन गरेको हो ।

कार्यालयले नियम उलंघन गर्ने सवारी साधनलाई कारबाही गरी उक्त रकम संकलन गरेको हो । गत  आर्थिक वर्ष भन्दा यो वर्षमा न्यून राजस्व संकलन भएको जनाईएको छ । क्षमता भन्दा धेरै यात्रु राख्ने, जथाभाबी ओभरट्याक गर्ने, सवारी साधनका बिल बुक अन्य कागजातहरु साथमा नराख्ने, मदिरा सेवन गरी सवारी सञ्चालन गर्ने लगायत ट्राफिक नियम उलंघन गर्ने अहिले सम्म ६१ वटा सवारीलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय मुगुले जनाएको छ । यस अवधिमा जिल्लामा १ सय २३ सवारी साधन कार्वाही गरिएको जिल्ला ट्राफिक कार्यालय मुगुका प्रहरी नायव निरिक्षक मोतिलाल विकले जानकारी दिए ।   मुगुमा वर्षेनी १० प्रतिशतका दरले सवारीसाधनको चाप बढिरहेको शर्माले बताए । बढ्दो सवारीसाधनसँगै दुर्घटना पनि उत्तिकै बढेको छ उनले भने ६  महीनामा जिल्लाभर एक ऐतिहासिक सवारी दुर्घटना भएको छ भने अन्य सामान्य सवारी दुर्घटनामा परेको बताए । पछिल्लो समय नाग्म गमगढी सडक खण्डमा गतिल्लो सँग स्तरवृद्धि नहुनु एकातिर  भारी हिमपातका कारण सडक अवरुद्ध भई दुर्घटना हुन सक्ने सम्भावना ब्यप्त रहेको विकको भनाई छ ।

त्यस्तै गत आर्थिक वर्ष २०७७।७८ मा १ लाख ८६ हजार राजस्व संकलन भएको छ भने १ सय ८५ वठा सवारी कार्वाहीमा परेको जनाईएको छ ।

केही दुर्घटना चालकको लापरबाहीले हुने गरे पनि अधिकांश दुर्घटना साँघुरो र कच्ची सडकका कारण भएको उनले बताए । स्थानीय तहले विकासका नाममा जथाभाबी मापदण्ड विपरीत अन्धाधुन्ध सडक निर्माण गरेकाले दुर्घटनाको जोखिम बढेको प्रहरीको भनाइ छ । यस्तो दर्घटना नओस भनि जिल्ला ट्राफिक कार्यालय मुगुले आग्रह गरेको छ ।

Facebook Comments Box
TOP
Shares