लागूऔषध सहित पक्राउ

काठमाडौं माघ १२ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब १ केजी ९ सय ग्राम अवैध लागूऔषध गाँजाको खैरो धुलो सहित मकवानपुर थाहा नगरपालिका-८ बस्ने २८ वर्षीय कुमार पुरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बा.५ ख ८७८९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२० राझाँ बिमानस्थलबाट करिब ३३ ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित कालिकोट तिलागुफा गाउँपालिका-७ बस्ने ५० वर्षीया कृष्णकला शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेकी उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
तनहुँ, बन्दिपुर गाउँपालिका-१ डुम्रेबजारबाट करिब ३ सय ६० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ३५ वर्षीय शिव कुमार श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले अवैध लागूऔषध गाँजा सेवन गरी आफ्नै श्रीमतीलाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…