सांसद राजकाजी महर्जनले समाते निर्वाचन अधिकृतको कठालो

हेटौंडा, १२ माघ । ललितपुर क्षेत्र नं ३ का प्रदेश सांसद राजकाजी महर्जन विवादमा तानिएका छन् । उनले आज हेटौंडामा राष्ट्रिय सभाको मतदानस्थलमा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठको कठालो समाएका छन् ।श्रेष्ठको कठालो समाएपछि मतदानस्थलमा तनाव भएको छ । गोप्य मतदानमा माओवादी केन्द्रकी सांसद हिमाली गोलेले फोटो खिचिन् । त्यसपछि मतदान अधिकृत श्रेष्ठले उनको मोबाइल खोसेका थिए ।सांसदको मोबाइल खोसेको भन्दै ललितपुरका सांसद राजकाजी महर्जनले श्रेष्ठको कठालो समातेका थिए ।महर्जन पहिलो संविधानसभामा ललितपुर २ बाट निर्वाचित सांसद हुन् । उनी पछि मोहन वैद्य किरणसँग लागेका थिए । माओवादीमा फर्किएपछि उनी प्रदेशको सांसदमा निर्वाचित भएका थिए ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
अप्रिल 26, 2025
1.7kViews 396 Shares Share on Facebook Share on Twitter म्याग्दी । महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा…