उपत्यकाका तीन सिडिओको बैठक बस्दै, जोरबिजोर प्रणालीबारे समिक्षा हुने

काठमाडौं माघ १३ । उपत्यकामा जारी गरिएको स्मार्ट लकडाउनको समिक्षा गर्न तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक भोलि (शुक्रबार) बस्ने भएको छ । स्मार्ट लकडाउन र जोरबिजोर प्रणाली लागू गरिएको एक साता बित्न लाग्दा सिडिओहरु बैठकमा बस्न लागेका हुन् ।
बैठकमा विभिन्न नियमहरुको प्रभावकारिताको विषयमा छलफल र समिक्षा हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिएका छन् ।
‘कोरोना नियन्त्रणका लागि प्रशासनले जारी गरेको नियमको प्रभावकारिताको विषयमा छलफल हुने हो,’ सिडिओ उपाध्यायले भने, ‘कुन नियमलाई हटाउने र परिमार्जन गर्ने भन्ने विषय छलफलपछि टुंगो लाग्छ ।’
उपत्यकामा कोरोना संक्रमण दर बढेपछि प्रशासनले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायातमा यात्रुको भीड बढेको भन्ने गुनासो बढेपछि प्रशासनले यसबारेमा थप निर्णय गर्ने आकलन गरिएको छ ।
देशभर दैनिक थपिएका संक्रमितमध्य उपत्यकामा मात्रै आधा भन्दा बढी संक्रमित भेटिने भएका कारण थप प्रतिवन्धात्मक नियम लागु हुनसक्ने समेत अनुमान छ ।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…