ललितपुरमा भेरोसेल खोपको अभाव, बुस्टर डोज नलगाइने

काठमाडौं, माघ १४ ।
ललितपुर महानगरपालिकामा भेरोसेल खोपको अभाव भएको छ । नेपाल सरकारबाट भेरोसेल खोप उपलब्ध नभएका कारण माघ १४, १६ र १७ गते ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा खोप (बुस्टर) भेरोसेल लगाउने कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
‘६० बर्ष भन्दा माथिका व्यक्तिहरुलाई थप मात्रा खोप (वुस्टर) लगाउने गरी कार्यक्रम तय भई सूचना सार्वजनिक गरिएकोमा नेपाल सरकार वाट भेरोशिल खोप उपलब्ध नभएका कारण बाध्यतावश वुस्टर डोजको रुपमा भेरोशिल खोप लगाउने कार्यकम हाललाई स्थगित गरी कोभिशिल्ड खोप मात्र लगाईने व्यहोरा जानकारीका लागी अनुरोध छ’ महानगरले जारी गरेको सूचनामा भनिएको छ ।
दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका ६० वर्षमाथिका व्यक्तिलाई कोभिशिल्डको बुस्टर डोज भने दिइने महानगरपालिकाले जनाएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
ट्राफिक प्रहरीले कुटपिट गरेको अर्को भिडियो पनि भाइरल(भिडियो सहित)
अप्रिल 26, 2025
2.3kViews 341 Shares Share on Facebook Share on Twitter काठमाडौं । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो पनि सार्वजनिक…