माघ मसान्तसम्म विद्यालय बन्द

काठमाडौं माघ १५ । सरकारले विद्यालय खोल्न अझै निषेध गरेको छ । कोरोना भाइरसको जोखिम अझै कायम रहेको भन्दै विद्यालय माघ मसान्तसम्म खोल्न निषेध गरेको हो ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको संयुक्त बैठकले पनि यसबारे निर्णय लिएको छ । बैठकपछि तीनवटै जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशमा विद्यालयसहित शैक्षिक संस्थाको क्रियाकलाप माघ मसान्तसम्म भौतिक उपस्थितिमा संचालन नगर्ने नगराउने भनिएको छ ।
यसअघि कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघभर विद्यालय बन्दको सिफारिश गरेको थियो ।
विद्यालय खोल्न निषेध गरेपनि कोभिड १९ विरुद्धको खोप लगाउन तोकिएको दिन विद्यार्थीलाई शैक्षिक संस्थामा बोलाउन सक्ने आदेशमा भनिएको छ ।

Facebook Comments Box
TOP
Shares