दुर्घटनास्थलबाट मृतकको नगद र सुन गायब

काठमाडौं, १६ माघ । इलामको रोङ गाउँपालिका–४ पहिरोमा जिप दुर्घटनामा मृत्यु भएकाहरुको नगद र सुन हराएको छ ।
दुर्घटनामा ज्यान गुमाएका झापाको मेचीनगर नगरपालिका–४ का ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्यबहादुर थापाको साथमा रहेको करिब ४ लाख रुपैयाँ नगद र आधा तोलाको सुनको औँठी हराएको हो ।
मृतकका भाइ मनोजकुमार थापाका अनुसार इलामबाट खसीबाख्रा खरीद गरी झापामा ल्याएर बिक्री गर्ने थापा दाजुभाइले दुर्घटना भएको दिन जिप लिएर इलामतर्फ जाँदै थिए ।
‘खसीबाख्रा किन्न उहाँहरुले नगद लिएर जानु भएको थियो, घटनास्थलमा हामी पुग्दा प्रहरी र स्थानीय आइसकेका थिए’ उनले भने, ‘दाजुको साथमा रहेको करिब चार लाख रुपैयाँ र औंठी त्यहाँ थिएन ।’
उनका अनुसार थापा दाजुभाइ १२ माघमा बिहान ४ बजे खसी किन्न इलामतिर गएका थिए । ‘परिवारलाई ५: ५५ बजे दुर्घटना भएको खबर भयो, लगत्तै त्यहाँ गएका थियौ’ उनले भने, ‘यस विषयमा प्रहरी र जनप्रतिनिधिलाई पनि खबर गराएका छौं ।’मृतकका छिमेकी अर्जुन कार्कीले पनि प्रहरीलाई यस विषयमा जानकारी गराएको बताए । उनले भने, ‘यस्तो संवेदनशील अवस्थामा चोरी गर्नेलाई प्रहरीले तत्काल कानूनी दायरामा ल्याउनुपर्छ ।’
जिल्ला प्रहरी कार्यालय, इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठले पीडितले दिएको सूचनाको आधारमा हराएको भनिएको नगद र सुनको खोजी भइरहेको बताए । ‘प्रहरी पुग्दा स्थानीय जम्मा भइसकेका थिए । पीडितले खबर गर्नुभएपछि सोधपुछ गरिरहेका छौं’ उनले अ भने, ‘यो विषयमा संवेदनशील भएर अनुसन्धान गरिरहेका छौं ।’
घटनामा जिप चालक ३३ वर्षीय अर्जुन कोइराला घाइते छन् । उनको बिर्तामोडको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार जिप अनियन्त्रित भएर ५ सय मिटर तल खसेको थियो । दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
अप्रिल 26, 2025
1.6kViews 114 Shares Share on Facebook Share on Twitter खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष…