राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौंं ।  राष्ट्रियसभाको यही माघ १७ गते बस्ने तय भएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा सोमबारका लागि तय भएको बैठक अर्को सूचना नआएसम्म स्थगित भएको उल्लेख छ ।
     सूचनामा भनिएको छ, “राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावाली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नआएसम्मका लागि उक्त बैठक स्थगित भएको व्यहोरा माननीय सदस्यको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।”

Facebook Comments Box
संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
५ घण्टा अगाडि

1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…

TOP
Shares