लागूऔषध सहित पक्राउ
सर्लाही माघ १६ , मलंगवा नगरपालिका-७ गणेशिया चोकबाट करिब २० केजी ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित मकवानपुर कैलाश गाउँपालिका-२ बैकुण्ठ बस्ने ३० वर्षीया करिश्मा मोक्तानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश २-००१ ह १४०२ नम्बरको टेम्पुलाई अस्थाई प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पुमा सवार करिश्मालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै टेम्पु चालकलाई आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेत, भेरीगंगा नगरपालिका-१० तोलीखोलास्थित सडकबाट करिब २ ग्राम ६ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुर्भाकोट नगरपालिका-८ बस्ने ३२ वर्षीय लक्ष्मण परियार र सोही नगरपालिका-९ बस्ने ३० वर्षीय रेसम वली रहेका छन् । नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको भे.१ ज ८३६ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकोबताएको छ ।
समाज
थप सामाग्रीसरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैनः अर्थमन्त्री पौडेल
January 19, 2025
1.2kViews 446 Shares Share on Facebook Share on Twitter काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैंक…