बालबालिकालाई फाइजर खोप दिइने

काठमाडौं : सरकारले २ महिनाभित्र ५–११ वर्ष उमेरसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको फाइजर खोप दिने तयारी गरेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीका अनुसार त्यसका लागि ८४ लाख डोज फाइजर खोप खरिदको प्रक्रिया अघि बढाइएको छ।अहिले १२–१८ वर्षका विद्यार्थीहरूलाई अभियानका रूपमा मोडर्ना खोप सञ्चालन भइरहेको छ। राष्ट्रिय खोप नीतिअनुसार, चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नेपालीलाई खोप लगाइसक्ने लक्ष्य छ। हालसम्म १८ वर्षमाथिका ८३ प्रतिशत व्यक्तिले पहिलो मात्रा खोप लगाइसकेका छन्। ७० प्रतिशत नागरिकले खोपको दोस्रो मात्रा लगाइसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ। कुल जनसंख्याको ५४ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने दोस्रो मात्रा ४६ प्रतिशतले लगाएका छन्। ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घ बिरामी र अग्रपंक्तिमा रहेर सेवा गरिरहेका व्यक्तिलाई बुस्टर डोज खोप अभियान सञ्चालन गरिएको छ। बुस्टर डोजका रूपमा कोभिसिल्ड र एस्ट्राजेनेका खोप सबैदातृ निकायको सहयोग र सरकारले खरिद गरेर हालसम्म कुल ४ करोड ३३ लाख डोज भित्रिसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ। ती खोप विभिन्न दातृ निकायको सहयोगमा ल्याइएको हो। कतिपय खोप सरकारले खरिद गरेको हो। खोपलाई सम्बन्धित प्रादेशिक र जिल्ला स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइएको छ। सो खोप पालिका हुँदै स्वास्थ्य केन्द्रमा समेत पठाउने व्यवस्था मिलाइएको डा. मरासिनीले बताए। अहिले खोप भण्डारणमा करिब ७३ लाख डोज भण्डारणमा रहेको छ। खोप केन्द्रमा उपलब्ध रहेको डा. मरासिनीले बताए।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज चैत ५ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
गाईलाई कुटीकुटी नदीमा हाल्ने वडाध्यक्षसहित अन्यलाई बाजुरा सदरमुकाम झिकाउन निर्देशन
-
मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
-
आज चैत ४ गते सोमबारको राशीफल :पशुपतिनाथ भगवानले रक्षा गरुन
-
नेपाल प्रहरीको ३१ औं महानिरीक्षक दिपक थापा हुने लगभग निश्चित

कैलालीमा १७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ
२ दिन अगाडि
1.4kViews 418 Shares Share on Facebook Share on Twitter धनगढी । कैलालीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको छ ।…