रसुवामा एक हजारले लगाए बुस्टर डोज

रसुवा, १८ माघ ।
रसुवामा एक हजारभन्दा बढीले कोभिड १९ विरुद्धको बुस्टर डोज लगाएका छन् । गएको माघ ३ गतेदेखि जिल्लामा अग्रपङ्क्ति रहेकालाई लगाउन सुरु गरिएको कोभिड १९ विरुद्ध खोपको बुस्टर डोज एक हजार ३४ जनाले लगाएका हुन् ।
२०७७ माघ १४ देखि २०७८ असार मसान्तसम्म पहिलो र दोस्रो डोजको पूर्ण खोप लगाएका एक हजार ३४ जना फ्रन्टलाइनरलाई कोभिड १९ विरुद्धको बुस्टर डोज लगाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए । ७ सय ११ जनाले कोभिसिल्ड र ३ सय २३ जनाले भेरोसेलको बुस्टर डोज लगाएका छन् । जसमध्ये ४ सय ५९ जना पुरुष र २ सय ३३ जना महिलाले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको बुस्टर डोज लगाएका छन् । त्यसैगरि २ सय २८ जना पुरुष र ९५ जना महिलाले कोरोनाविरुद्धको भेरोसेल खोपको बुस्टर डोज लगाएको चालिसेले बताए । ‘केन्द्रको परिपत्र अनुसार दोस्रो मात्रा लगाएको ६ महिना पुरा भएका अंग्रपक्तिमा खट्ने एवं सार्वजनिक सेवामा संलग्न व्यक्तिहरू स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक क्षेत्र, पत्रकार, बैंकिङ समूह, सरकारी निकायमा रहेकाहरूलाई पहिलो चरण अन्तर्गतको बुस्टर डोजको खोप लगाएका हौं’, उनले भने । कोभिड १९ विरुद्धको पहिलो खोप अभियानको क्रममा जिल्लामा एक हजार ७ जना फ्रन्टलाइनरले खोप लगाएका थिए । कर्मचारीहरू फेरबदल भइरहने हुँदा संख्यामा लक्ष्य अनुसार फरक हुने गरेको उनले बताए । ‘जिल्लामा खोप अभियानको सुरुमा फ्रन्टलाइनर भनेर एक हजार ७ जनालाई लगाइएको थियो। यो लक्ष्य रहेको थियो। तर, कर्मचारीहर”को सरुवा हुँदा संख्यामा तलमाथि रहेको छ,’ उनले भने ।त्यसैगरि स्वास्थ्य कार्यालय रसुवाले बुस्टर डोजको दोस्रो चरणअन्तर्गत गएको असार मसान्तसम्म दोस्रो डोजको खोप लगाई ६ महिना पुरा भएका सबैलाई बुस्टर डोज दिने तयारी गरेको छ । जिल्लामा अहिले २७ सय डोज भेरोसेल, १ सय ८० डोज कोभिसिल्डको खोप रहेको जनाइएको छ ।
कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाएको ६ महिना पुरा भएकालाई बुस्टर डोज लगाउन कोभिसिल्ड दुई हजार र भेरोसेल दुई हजार गरी चार हजार डोज खोपको माग गरिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा गत असार मसान्तसम्म कोरोनाविरुद्धको दोस्रो डोज लगाएका ३ हजार २ सय ९९ जना रहेका छन् । जसमध्ये एक हजार ३० कोभिसिल्ड लगाएका र २ हजार २ सय ६९ जना भेरोसेल लगाएका रहेको बताइएको छ ।
कोरोनाको पूर्ण मात्रा खोप लगाएको ६ महिना पुरा भएकाहरूलाई खोप लगाउनका लागि लिन जाने आवश्यक तयारी भइरहेको चालिसेले बताए । एक साताभित्रमा जिल्लामा खोप ल्याई दोस्रो डोजको खोप लगाएको ६ महिना पुरा भएका सबैलाई बुस्टर डोज लगाइने उनले बताए । ‘जुन खोप लगाए पनि कोभिसिल्ड खोप लगाउन सकिने भनी केन्द्रबाट परिपत्र भई आएको छ, पहिला भेरोसेल लगाएकालाई भेरोसेल, कोभिसिल्ड लगाएकालाई कोभिसिल्ड लगाउनुपर्ने भनिएको थियो तर अहिले जुन भए पनि कोभिसिल्ड लगाउन मिल्ने भनिएको छ, त्यसैअनुसार लगाउँछौँ’, उनले भने । त्यसैगरि जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो डोजको खोप लगाउन छुटेकालाई खोप लगाइरहेको उनले बताए । हामीले बुस्टर डोज अनि बालिबालिकालाई मोडर्ना खोप मात्र फोकस गरेका छैनौं । खोप लगाउन छुटेका आउनुभयो भने हामीले फिर्ता पठाएका छैनौं । लगाइरहेका छौं’, उनले भने ।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…