हुम्ला प्रशासनको सेवा बन्द

सिमकोट, १७ माग
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि सबै सेवा बन्द गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीलाई आइतबार बेलुका सामान्य टाउको दुख्न थालेपछि सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल सिमकोटले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी राईलाई कोरोना देखिएपछि कार्यालयद्वारा प्रदान गरिँदै आएका सबै सेवा एक हप्ताका लागि सूचना टाँस गरी बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
प्रशासनले राहदानी नागरिकता, सिफारिस बाहेक अन्य सेवा प्रदान नगरिने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राई हाल होम आइसोलेसनमा बसेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहल बताए ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
अप्रिल 26, 2025
1.6kViews 114 Shares Share on Facebook Share on Twitter खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष…