लागूऔषध सहित पक्राउ
काठमाडौं माघ १९ । चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट नियन्त्रित लागूऔषध डाईजापाम ३ सय ४० एम्पुल, फेनरागन ३ सय ४० एम्पुल र नुर्फिन ३ सय ४० एम्पुल सहित सप्तरी शम्भुनाथ नगरपालिका-७ बस्ने ४६ वर्षीय शिब चरण दासलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरानदेखि काठमाडौं आउँदै गरेको ना.७ ख ३२५५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार दासलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-६ मौरीफाटा बस्ने ३१ वर्षीय रमेश लुहारलाई करिब ३ सय ६० ग्राम अवैध लागूऔषध चरेश सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लुहारको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनको घरमा लुकाई राखेको उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो ।रोल्पा, सुनिलस्मृति गाउँपालिका-६ रुईनिवाङस्थित झरना नास्ता पसलकी संचालक लुङ्ग्री गाउँपालिका-६ गुम्चाल घर भएकी ३० बर्षीया झलमली बुढाथोकीलाई करिब २ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र ६४ ग्राम चरेश सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पा र ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनको पसलबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-५ पञ्चकन्या चोकबाट करिब २९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, नगद २ हजार रुपैयाँ र २ थान मोबाईल सहित सोही ठाउँ बस्ने २४ वर्षीय सुनिल लिम्बुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
समाज
थप सामाग्रीसरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैनः अर्थमन्त्री पौडेल
January 19, 2025
1.2kViews 446 Shares Share on Facebook Share on Twitter काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैंक…