कर्णालीमा भिषण हिमपात

माघ २१ । कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएकाे छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएकाे छ ।
मुगुस्थित ताल्चा विमानस्थलमा हवाइ उडान ठप्प भएकाे छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लाे हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेकाे छैन ।
कर्णालीमा यो तेस्रो पटक हिमपात भएकाे हाे । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएकाे हाे । आज पनि हिमपात भइरहेकाे छ ।
मुगुका प्राय: सबै स्थानीय तह लगायत सदरमुकाम गमगढी बजारमा लगायतका क्षेत्रमा हिमपात भएको छ । जुम्लाका सबै स्थानीय तहका क्षेत्रमा पनि हिमपात भएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख ४ गते बिहीबारको राशीफल : पाथिभरा माताले रक्षा गरुन
अप्रिल 17, 2025
2.8kViews 459 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- प्रेमको बन्धनमा…