काठमाडाैं उपत्यका वरपरका डाँडामा हिमपात
काठमाडौं माघ २१ ।नेपालमा माघमा निरन्तर वर्षा र हिमपात भएको छ । माघ लागेसँगै सुरु भएको वर्षा र हिमपात अन्तिम सातासम्म लाग्न थाल्दा पनि भइरहेको छ । बीचको केही हप्ता मौसममा सुधार देखिए पनि पश्चिम न्यूनचापीय वायुका कारण बदली हुँदा वर्षा र हिमपात भएको छ ।
बिहीबारदेखि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको वर्षा र हिमपातले देशभरको जनजीवन कष्टकर बनिरहेको छ । वर्षासँगै बढेको चिसोले बालबालिका र वृद्धवृद्धा तथा पशुचाैपायालाई असर गरेको छ ।
हुम्ला, मनाङ, मुगुसहित हिमाली क्षेत्रमा भएको हिमपातले तीन फिटभन्दा बढी हिउँ जमेको छ । काठमाडौं उपत्यकाको काँठ क्षेत्रसहित देशभरका उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ ।
फुल्चाेकी, शिवपुरी, दलचाेकी, चन्द्रागिरिसहित काठमाडौं उपत्यका आसपासलगायत उच्च पहाडी क्षेत्रमा पनि पटकपटक हिमपात भएको छ । अझै केही दिन मौसममा सुधार आउन समय लाग्ने मौसमविद्हरूले जानकारी दिएका छन् । मौसमविद्हरूले देशभरि नै भारी वर्षा भइरहेकाे जनाएका छन् । उनीहरूका अनुसार शनिबार बिहानसम्म माैसम बदली नै रहने छ ।
समाज
थप सामाग्री‘परान’को हिस्सा बन्न पाउँदा उत्साहित छुः केकी अधिकारी
January 25, 2025
1.8kViews 355 Shares Share on Facebook Share on Twitter काठमाडौँ । अभिनेत्री केकी अधिकारीले चलचित्र ‘परान’ को हिस्सा बन्न पाएकोमा…