युट्यूवर र अभियन्तामाथि कुटपिट गर्ने म्यानपावर संचालक पक्राउ

काठमाडौं । काठमाडौँको सामाखुसीमा रहेको ट्रिपल स्टार म्यानपावर कम्पनीका संचालक भीम गुरुङ पक्राउ परेका छन् ।
गुरुङलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले विहीबार पक्राउ गरेको हो ।गुरुङले यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा यूएई पठाइ अलपत्र पारेको भन्ने उजुरी परेको थियो । सोही उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो ।गुरुङले आफ्नो विपक्षमा बोल्न खोजेको भन्दै युट्यूवर र अभियन्तामाथि कार्यालयभित्रै कुटपिट गरेको भिडियो समेत सार्वजनिक भएको थियो ।
पक्राउ परेका गुरुङलाई थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा लगिएको बताइएको छ ।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
३ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…