व्यवसायी रायामाझीलाई गोली हान्न सुपारी, एसपी प्रसाईद्वारा आरोपी पक्राउ गर्न आनाकानी
सर्लाही, माघ २१ । सर्लाहीका व्यवसायी अर्जुन रायमाझीलाई गोली हान्न सुपारी दिएको खुलासा भएको छ । व्यवसायी रायमाझीले आफुलाई गोली हान्न बाग्मती नगरपालिकामा कार्यरत लेखापाल ५० वर्षीय विश्वराज पोखरेलको योजनामा भारतीय सुटरहरूलाई सुपारी दिएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएका छन् ।हरिवन बजारको कडरिया चोकमा भारतबाट आएका ३ जना सुटरले आफुलाई गोली हान्ने प्रयास गरेपनि संयोगले आफू जोगिएको रायमाझीले बताएका छन् । हरिवन नगरपालिका–११ घर भएका रायमाझीले ‘टार्गेट मिस’ भएपछि सुटरसँगै आएका एकजना युवाले सो योजनाबारे आफूलाई जानकारी दिएको रिपोर्टर्स नेपालसँग बताए ।गत असोज २४ गते भारतीय सुटरहरू प्रकाश सिंह, बिटु सिंह र अरुण कुमार सिंह हरिवन नगरपालिका–११ मा रहेको हरि बहादुर बस्नेतको होटलमा बसेका थिए । होटलमा बसेर निगरानी गरेपछि असोज २५ मा बिहान ५ देखी साढे ७ बजेसम्ममा गोली हान्ने प्रयास गरेको तर, आफू समूहमा चिया खान गएको हुनाले सुटरहरू फर्केको उनले जिकिर गरेका छन् ।हरिवन नगरपालिका–९ घर भएका विश्वराज पोखरेलको आग्रहमा बलरा नगरपालिकामा वडा नम्बर–१ घर भई नरहरगञ्ज प्राविका शिक्षक ५० वर्षीय सुरेन्द्र सिंहले भारतबाट सुटर मगाएको उनले दाबी गरेका छन् । योजना चुहिएपछि रायमाझीले विश्वराज सहित ८ जनालाई विपक्षी बनाएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएको बताए ।गत पुस २२ मा जिल्ला अदालत सर्लाहीले योजनाकार विश्वराज पोखरेल र सुटर मगाउने बलरा नगरपालिका स्थित सुदामा बस्ने सुरेन्द्र सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ज्यान मार्ने उद्देश्यले आपराधिक षडयन्त्र गरेको कसुरमा उनीहरूलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।
समाज
थप सामाग्रीआर्थिक विकासका लागि महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमको सहकार्य जरुरी : ढकाल
September 9, 2024
1.2kViews 152 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक…