सोलुखुम्बुमा भारी हिमपात, सवारी आवगमन ठप्प

सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा भारी हिमपात भइरहेको छ । जिल्लाको सदरमुकामसहित अन्य क्षेत्रमा गए रातिदेखि भारी हिमपात भइरहेको हो।
सडकमा बाक्लो हिउँ जमेका कारण सवारी साधन चल्न सकेका छैन। जिल्लाबाट दैनिक रुपमा राजधानी काठमाडौं लगायतका स्थानहरुमा जाने सवारी साधनहरु सञ्चालन हुन नसकेको यातायात व्यवसायी दोर्जी शेर्पाले बताए । जसका कारण दर्जनौं यात्रु रोकिएको उनको भनाइ छ । सडक मार्गबाट जिल्ला भित्रने एक मात्र नाका पत्ताले क्षेत्रको सडकमा करिब २ फिट जति हिउँ जमेकाले तत्काल यातायातका साधन चल्ने सम्भावना कम रहेको छ ।हिमपातपछि सदरमुकाम सल्लेरी, फाप्लु, नयाँ बजार लगायतका क्षेत्रमा हिउँ खेल्ने मनिसहरु सडकमा निस्कन थालेका छन् भने हिउँ पर्ने क्रम झनै बाक्लिदै गएको स्थानीय रमेश राईले जानकारी दिए । जिल्लाको खुम्बु क्षेत्रमा करिब ११ /१२ दिन यता दैनिक जसो नै हिमपात भइरहेको छ भने गएरातिदेखि सुरु भएको भारी हिमपातले जनजीवन प्रभावित बनेको छ ।
सो क्षेत्रमा बाक्लो हिउँ जमेका कारण मानिसहरू घर बाहिर निस्कन समेत मुस्किल भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख भुमिराज उपाध्यायले जानकारी दिए
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
२ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…