तीन जिल्लामा एमाले अधिवेशनकाे नयाँ मिति ताेकियाे

महोत्तरी, २२ माघ
नेकपा (एमाले)ले मधेस प्रदेशका तीन जिल्लामा अशिवेशनकाे मिति तय गरेको छ । प्रदेश कमिटीको शुक्रबार साँझकाे बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमश: ७-८ फागुन, ९-१० फागुन र ११-१२ फागुनका लागि तय गरेकाे हाे ।
आसन्न निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश अधिवेशनभन्दा अघि जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्नैपर्ने चुनौती रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए ।
प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइइसकेको बताउदै आएका छ भने अर्को पक्षले विराेध गर्दै आएकाे छ ।
महोत्तरीमा चार केन्द्रीय सदस्यमध्ये दुई जना एउटा कित्तामा र दुई जना अर्को कित्तामा उभिएका छन् । एमाले पोलिटब्युरो सदस्यसमेत रहेका रामदयाल मण्डल र केन्द्रीय सदस्य बुधिनीदेवीले जिल्ला कमिटीका लागि सपथसमेत खुवाए भने केन्द्रीय सदस्यद्वय सरोज यादव र टेकबहादुर बलाम्पाकीले विराेध गर्दै आएका छन् ।
कोभिडको कारण देखाउदै पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेकाे थिएन ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
ट्राफिक प्रहरीले कुटपिट गरेको अर्को भिडियो पनि भाइरल(भिडियो सहित)
अप्रिल 26, 2025
2.3kViews 341 Shares Share on Facebook Share on Twitter काठमाडौं । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो पनि सार्वजनिक…