नक्कली नोटको बिगबिगी, करोडौ फर्जी रुपैयाँ बजारमा

काठमाडौँ । नेपाली बजारमा नक्कली नोटका कारोबारी धेरै भएको प्रहरीको अनुमान छ । नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो । प्रहरीले सोही सालको जेठ २ गते दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित काठमाडौंबाट ६ जना, असोज २३ गते काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँबराबरको नक्कली नोटसहित १ जना, असोज २६ गते रत्नपार्कबाट १० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित १ जना, कात्तिक ४ गते काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार बराबरको नक्कली रुपैयाँसहित ५ जना र माघ २६ गते काठमाडौंको गोगंबुबाट १ लाख ५० हजारसहित १ जना पक्राउ परेका थिए । मुलुकका साना ठूला बजार र सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी भएको भन्दै प्रहरीले सर्च अप्रेसन चलाइरहेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धानअन्तरगतका विभिन्न युनिटले नक्कली नोटको कारोबारी गिरोहको खोजी गरिरहेका छन् । सुरक्षा स्रोतका अनुसार अहिले नेपाल भारत सीमा क्षेत्रका बजार र मुख्य सहरमा करिब २ करोड रुपैयाँबराबरका नक्कली नोट छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
मोरङमा भिषण आगलागी : दुई बालबालिकाको मृत्यु, ८ घर ध्वस्त
-
आज चैत ५ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
गाईलाई कुटीकुटी नदीमा हाल्ने वडाध्यक्षसहित अन्यलाई बाजुरा सदरमुकाम झिकाउन निर्देशन
-
मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
-
आज चैत ४ गते सोमबारको राशीफल :पशुपतिनाथ भगवानले रक्षा गरुन

नेपाल प्रहरीको ३१ औं महानिरीक्षक दिपक थापा हुने लगभग निश्चित
२ दिन अगाडि
1.5kViews 419 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३१ औं महानिरीक्षक नियुक्तिको अन्तिम गृहकार्य…