बालकोट-बालुवाटार सम्वन्ध जोडीयो, गठबन्धन भत्काउन डीला संग्रौलाको दौडधुप

काठमाडौं माघ २३। सर्वोच्च अदालतको परमादेशपछि निवर्तवान प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाहिरीएका केपी वली लामो समयपछि बल्ल बालुवाटार छिरेका छन् । यसअघि, सर्वदलीय बैठकमा समेत सहभागि नभएका उनी आज प्रधानमन्त्री निवास बालुवाटार गएर छलफलका क्रममा सभामुख अग्नी सापकोटाको राजीनामाको अडानमा रहे । सभामुखले आफ्नो पार्टी परित्याग गरेका १४ सांसदमाथि कारवाही नगरेको भन्दै एमालेले लामो समयदेखि संसद अवरुद्ध गर्दै आएको अवस्थामा आज प्रधानमन्त्री देउवाले डाकेको छलफल कार्यक्रममा वली उपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डको पनि उपस्थिति थियो ।
यहीबीच, नेपालमा अमेरिकी सहयोगी मिलीनियम च्यालेन्ज कर्पोरेशन अर्थात् एमसीसीको सहयोग आवश्यक रहेको वा नरहेको गम्भीर बहस चलिरहँदा त्यसको असर सत्ता गठबन्धनमा देखिन थालेको छ ।
सत्ता गठबन्धन दलको नेतृत्व गर्नु भएका नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पास गर्ने बताइरहँदा नेपाली काँग्रेस बाहेकका अन्य सत्ता घटकले भने सम्झौताका केही बुँदा हेरफेर गरिनु पर्ने अडान राखिरहेका छन् ।
उता, विपक्षी दल नेकपा एमाललेका अध्यक्ष केपी वलीले भने सत्ता गठबन्धन तोडेको खण्डमा एमालेले एससीसीलाई समर्थन गर्न सक्ने आशय प्रकट गरेको छ ।
गठबन्धनलाई तोडेर बालुवाटार र बालकोट अर्थात् प्रधानमन्त्री देउवा र विपक्षी दलका नेता अर्थात् एमाले अध्यक्ष केपी वली बीच सम्वन्ध कायम गराउन आफू कम्मर कसेर लागि परेको नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले बताउन थालेकी छन् । उनले आफू निकटसँग सत्ता गठबन्धनलाई तोडेर एमालेको सहयोगमा काँग्रेसको एकल सरकार बनाउने अनी एमसीसी पनि पास गराउन आफू सक्रिय रहेको बताउने गरेकी छिन् ।
देउवा पक्षबाट १४ औं महाधिवेशनमा महिला कोटामा सहमहामन्त्री निर्वाचित डा। डिला संग्रौला प्रधानमन्त्री देउवाको विश्वासपात्र मानिन्छीन् ।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…