भोलिबाट काठमाडौं उपत्यकाभित्र जोर-बिजोर प्रणाली हट्ने , फागुन १ गतेदेखि विद्यालय सञ्चालन हुने 

काठमाडौं  माघ २३ ।  काठमाडौं उपत्यकाभित्र यातायातमा लागु जोर-बिजोर प्रणाली भोलि सोमबारबाट हट्ने भएको छ । उपत्यकाका  प्रमुख जिल्लाअधिकारीहरुको आज बसेको बैठकले यातायातमा लागु जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।  कोरोना संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आजै बसेको बैठकले जोर-बिजोर हटाउन सिफारिस गरेको हो । निजी सवारी साधन र ट्याक्सीहरूमा जोर९बिजोर प्रणाली लागु थियो। यस्तै सिसीएमसीको आज बसेको बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

Facebook Comments Box
TOP
Shares