१ लाख म्यादी प्रहरी भर्ना गर्ने योजना
स्थानीय तहको चुनाव २०७९ जेठ मसान्तभित्र गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । निर्वाचनबारे संविधान र ऐन बाझिएकाले ऐन संशोधन गरेर मात्रै चुनाव गर्नुपर्नेबारे पनि छलफल भइरहेको छ । निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री शेर बहादुर देउवाले आयोगले प्रस्ताव गरेकै मितिमा चुनाव गर्न सरकार तयार रहेको बताएपछि चुनावी माहौल तातेको छ । माघ १९ मा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि मानसिक रूपमा तयार रहन र आवश्यक सुरक्षा योजना बनाएर पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणीन्द्र पोखरेल भन्छन्–‘केन्द्रीय सुरक्षा समितिले सुरक्षा निकायलाई योजना बनाउन निर्देशन दिएको छ ।’गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वको केन्द्रीय सुरक्षा समितिको निर्देशनपछि नेपाल प्रहरीले चुनावको सुरक्षा केन्द्रित समिति बनाएको छ । प्रहरी प्रधान कार्यालयको कार्य विभागका डिआईजी रवीन्द्र धानुकको नेतृत्वमा समिति बनेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले जनरक्षा लाई बताए । उनले भने–‘स्थानीय निर्वाचनको तयारीका लागी ३ वटा समिति बनेका छन्, समितिले आफ्नो काम सुरु गरेको छ ।’ स्थानीय तह निर्वाचनका लागी कम्तीमा १ लाख म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको आकलन छ । प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारी भन्छन्–‘१ लाख म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव सहितको योजना गृह मन्त्रालयमा बुझाउने तयारी छ ।’ देशभर एकै चरणमा चुनाव गर्दा धेरै म्यादी आवश्यक हुन्छ । धेरै चरणमा निर्वाचन गर्दा थोरै म्यादी प्रहरी भए सुरक्षा दिन सकिने प्रहरी प्रधान कार्यालयको विश्लेषण छ । स्थानीय तहको सुरक्षाका लागी नेपाल प्रहरी मानसिक रूपमा तयार रहेको र ‘ठोस योजना’ चुनावको घोषणापछि तयार गरिने प्रहरी प्रवक्ता विष्णु कुमार केसीले जनरक्षा”लाई बताए ।
समाज
थप सामाग्रीसरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैनः अर्थमन्त्री पौडेल
January 19, 2025
1.2kViews 446 Shares Share on Facebook Share on Twitter काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैंक…