एमसीसी सदनमा टेबुल गर्ने तयारी

काठमाडौँ माघ २५ । एमसीसी संसद्मा व्यापक छलफल गरेर पारित गर्ने गरी कार्यक्रम बनाइएको छ । सदन सञ्चालन नभएसम्म एसीसी टेबल गराउने पक्षमा नदेखिएका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गृहकार्यमा सबै सांसदलाई बोल्न दिनुपर्ने गरी कार्यक्रम बनाइरहेका छन् ।सरकारले माघ २६ गतेको बैठकमा एमसीसी सदनमा टेबुल गर्ने तयारी गरिरहेका बेला सभामुखले यसबारे गृहकार्य गरिरहेका हुन् । उनले यो प्रस्ताव कार्यव्यवस्था परामर्श समितिको बैठकमा राख्दैछन् । उनले संसद् बैठक बस्ने दिनमै २६ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने तयारी गरेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति भए मात्र एमसीसी कार्यसूचीमा राखिने भएको छ ।
माओवादी केन्द्रले २८ गते एमसीसीको विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । यसैबीचमा एमालेले भने सदनमा टेबुल भएपछि आफ्नो धारणा बनाउने तयारी गरेको छ । उपस्थित सङ्ख्याको बहुमतले एमसीसी पारित गर्ने तयारी कार्यक्रम बनाइएको छ ।यो समाचार आजको नागरिक दैनिकमा छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
अप्रिल 26, 2025
1.5kViews 114 Shares Share on Facebook Share on Twitter खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष…