काठमाडौं को कपन लगायत विभिन्न ठाउँमा लागूऔषध सहित पक्राउ

काठमाडौं माघ २५ । बुढानिलकण्ठ नगरपालिका-१० कपन आकासेधाराबाट ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय पासाङ छिरिङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले छिरिङलाई शंकास्पद अवस्थामा फेला पारी उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका घर भएका २७ वर्षीय खगेस खत्रीले राख्न दिएको भनी खुल्न आएपछि बुढानिलकण्ठ नगरपालिका-६ गोपिकृष्ण हल नजिकबाट उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
कास्की, पोखरा महानगरपालिका-३२ मजुवाबाट करिब ४ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-२६ सुन्दरीडाँडा बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा.४ ख १०८० नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कपिलवस्तु, मायादेवी गाउँपालिका-४ ठाकुरापुरस्थित सडकबाट नियन्त्रित लागूऔषध स्पास्मो ५ सय ३६ ट्याब्लेट र नाइट्राभेट ९० ट्याब्लेट सहित कपिलवस्तु नगरपालिका-७ धरमपनियाँ बस्ने २८ वर्षीय अफ्तर अलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लु.३३ प ९३०६ नम्बरको मोटरसाइकललाई सिमा प्रहरी चौकी चाकरचौँडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक अलीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-.८ जोलाहान पुरुवाबाट करिब १९ ग्राम ५ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २५ वर्षीय मोहमद अली कवाडियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
अप्रिल 26, 2025
1.6kViews 114 Shares Share on Facebook Share on Twitter खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष…