बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं माघ २५ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ धनेश्वर बस्ने नुवाकोट विदुर नगरपालिका-११ स्थायी वतन भएकी ४१ वर्षीया अम्बिका बुढाथोकीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७८ कात्तिक २३ गतेको फैसलाले १७ लाख ४२ हजार ८ सय ७७ रुपैयाँ जरिवाना र ६ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर भैसेपाटीबाट फेला पारी पक्राउ गरेको हो । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालय धनेश्वर काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तान हुनेगरी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…