मकवानपुर मा लगाएको गाँजा तथा अफिम खेती नष्ट

5.1kViews
0
Shares
मकवानपुर माघ २५ । राक्सीराङ गाउँपालिका र कैलाश गाउँपालिका अन्तर्गतका वडा एरियाको २९ बिगाह १० कठ्ठामा अवैध रुपमा लगाएको अवैध लागूऔषध गाँजा र २१ विगाहमा लगाएको अवैध लागूऔषध अफिम खेती गत शुक्रबारदेखि आइतबारसम्ममा प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा, बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटे, जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल समेतको संयुक्त टोलीले अवैध रुपमा लगाइएका उक्त खेती फडानी गरी नष्ट गरेको हो । साथै प्रहरीले २ सय किलो बराबरको सुकाई राखेको लागूऔषध गाँजा समेत नष्ट गरेको छ ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १३ गते शनिबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 26, 2025
3.0kViews 104 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…