हत्या गरेको अभियोगमा तामाङ पक्राउ

सिन्धुपाल्चोक माघ २५ । बलेफी गाउँपालिका-७ बस्ने ७० वर्षीया बसुमायाँ तामाङ र ५९ वर्षीया सन्तवीर तामाङको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-७ माथिल्लो चिम्लिङ बस्ने ३८ वर्षीय बिजय तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका बिजयले बसुमायाँ र सन्तवीरलाई ढुङगा तथा बाँसको भाटा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लामोसाँघु, ईलाका प्रहरी कार्यालय बाह्रबिसे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Facebook Comments Box
TOP
Shares