धोबिचौरबाट धातुको मूर्तिसहित एक जना पक्राउ

काठमाडौं, २६ माघ
काठमाडौं माघ २६ ।काठमाडौं महानगरपलिका–१७ धोबिचौरस्थित सडकबाट एक थान पँहेलो रंगको धातुको मुर्तिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टोखा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–८ घर भएका १७ वर्षीय किशोर रहेका छन् । उनलाई मंगलबारराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका किशोरको साथबाट प्रहरीले नगद १ लाख ४ हजार ७ सय ४० रुपैयाँ बरामद गरेको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त मूर्ति र नगद फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
२ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…