नगद तथा मूर्ति सहित पक्राउ

  काठमाडौं  माघ २६ ।काठमाडौं महानगरपलिका-१७ धोबिचौरस्थित सडकबाट १ थान पँहेलो रंगको धातुको मुर्ति, नगद १ लाख ४ हजार ७ सय ४० रुपैयाँ र २ थान मोबाइल सहित टोखा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-८ घर भएका १७ वर्षीय किशोरलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त मूर्ति र नगद फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  बताएको छ ।

Facebook Comments Box
संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
५ घण्टा अगाडि

1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…

TOP
Shares