लागूऔषध सहित कुमाल पक्राउ
कास्की माघ २६ । पोखरा महानगरपालिका-२७ बगदी खोला भन्ने स्थानबाट नियन्त्रित लागूऔषध ४७ एम्पुल फेनरागन, ४७ एम्पुल नुफिन र ४७ एम्पुल डाईजोपाम सहित सोही महानगरपालिका-१७ कुमाल गाउँ बस्ने २७ वर्षीय सरोज कुमाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
महोत्तरी, जलेश्वर नगरपालिका-८ फुलहट्टा बस्ने राधेश्याम सिंहको जग्गामा रहेको परालको कुनिउमा लुकाई राखेको करिब ४१ केजी अवैध लागूऔषध गाँजा प्रहरीले मंगलबार राति बरामद गरेको छ । उक्त स्थानमा लागूऔषध लुकाई राखेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले कुनिउभित्र ५ वटा बोरामा प्लाष्टिकको झोलाले प्याक गरेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
समाज
थप सामाग्री‘परान’को हिस्सा बन्न पाउँदा उत्साहित छुः केकी अधिकारी
January 25, 2025
1.8kViews 355 Shares Share on Facebook Share on Twitter काठमाडौँ । अभिनेत्री केकी अधिकारीले चलचित्र ‘परान’ को हिस्सा बन्न पाएकोमा…