गोरु काटेर मासु बिक्री गर्ने तीनजना छुटे
![](http://janarakshya.com/wp-content/uploads/2022/02/maxresdefault-4-1024x576.jpg)
खोटाङ, २७ माघ
खोटाङमा गोरु काटेर मासु बिक्री गर्नेक्रममा पक्राउ परेका तीनजना हिरासतमुक्त भएका छन् ।
गाेरु काटेर मासु बिक्री गर्दै गरेको अवस्थामा २३ माघमा पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ४० वर्षीय खगेन्द्र तामाङ र ३५ वर्षीय गणेशबहादुर तामाङ बुधबार साँझ हिरासतमुक्त भएका हुन् ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, नेपाल तामाङ घेदुङलगायतको पहलमा उनीहरू रिहा भएका हुन् । प्रहरी हिरासतमुक्त भए पनि उनीहरूमाथिको अनुसन्धान र कारबाही प्रक्रिया जारी रहने जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको मुढेस्थित बिखुवाखोलाको शिरमा गोरु काटेर मासु बिक्री गरिरहेको सूचनाका आधारमा तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेपछि जनजाति सम्वद्ध संगठन र जनजाति नेताहरूले विरोध जनाएका थिए ।
राई, तामाङ, शेर्पालगायतका जनजाति समुदायमा कुल पितृ गर्दा गोरुको मासु प्रयोग हुँदै आएको छ । तर गोरु काट्नेलाई सजाय हुने कानुनी व्यवस्था छ । यही विषयले गर्दा जनजातिस समुदाय र स्थानीय प्रशासन/प्रहरीबीचमा बेलाबेलामा द्वन्द्व सिर्जना हुने गरेको छ ।
समाज
थप सामाग्री-
आइतबार उपत्यकाका पालिकामा शोक बिदा
-
पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दैलेखमा दुई जना किशोरीको मृत्यु
-
भगीरथ र सुनिताको तिजको कोसेली ‘गुलेलीले जुरेलीलाई’ सार्वजनिक
-
ज्योति विकास बैंकद्वारा ‘ज्योतिज गट ट्यालेन्ट’ को प्रथम संस्करण आयोजना
-
प्रधानमन्त्रीलाई रुकुम पश्चिम र रुकुम पूर्वका कांग्रेस र एमालेको ज्ञापनपत्र
![](http://janarakshya.com/wp-content/uploads/2024/07/img_408_Q9423ecV3D-1-468x300.jpg)
ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता
July 26, 2024
1.6kViews 130 Shares Share on Facebook Share on Twitter काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा विद्युतीय…