चाँगुनारायण का मेयर मिश्र को लुट धन्दा, सर्वसाधारण दिक्क
भक्तपुर माघ २७ ।भक्तपुरको चाँगुनाराण नगरपालिकामा अवैधानिक रुपमा संचालित इँट्टाभट्टा र जग्गा प्लटिङका कारण सर्वसाधारण जनता मारमा परेका छन् ।
चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले अवैधानिक रुपमा संचालित झण्डै ६४ वटा इँट्टाभट्टालाई संरक्षण दिई सर्वसाधारण जनता इँट्टाभट्टाको धुलो र धुवाको सास्ती भोग्न बाध्य पारेको स्थानीयले जनरक्षा लाई गुनासो पोखेका छन् ।
मेयर मिश्रले अवैधानिकरुपमा संचालित इँट्टाभट्टाहरुलाई संरक्षण गरेवापत प्रतिइँट्टाभट्टले बार्षिकरुपमा ३० लाखका दरले लिने गरेको र आफूलाई रकम नदिने इँट्टाभट्टालाई भने संचालन गर्न गुण्डागर्दी शैलीमा आफ्ना कार्यकर्ताहरुलाई पठाई वाधाअड्चन गरी बाध्य पारी रकम असुल्ने गरेको एक इँट्टाभट्टा उद्योगीले नाम नछाप्ने सर्तमा बताएका छन्
मेयर मिश्रलाई नजराना चढाएकै भरमा मापदण्डविपरित संचालित इँट्टाभट्टाले चाँगुनारायण आसपास वातावरण विगार्नुका साथै स्थानीयहरु धुँवा र धुलोको कारण धमाधम विरामी पर्न थालेको खोजतलास कार्यालयमै आई स्थानीयले गुनासो पोखेका छन् । नेकपा एमालेबाट टिकट पाई मेयर बनेका मिश्रले आफ्नो कार्यकाल सकिन लाग्दै गर्दा जसरी पनि नजिकिँदै गरेको चुनाव फेरि आफ्नो पक्षमा पार्नका लागि र आफ्ना कार्यकर्ता पोस्न कागजपत्र मिलाई कार्यकर्ता प्रयोग गरी व्यापकरुपमा भ्रष्टाचारजन्य गतिविधि गरी करोडौं रुपैयाँ कुम्लयाउन सफल भइसकेको चाँगुनारायण नगरपालिकाभरी व्यापक चर्चा चलेको छ ।
चाँगुनारायण नगरपालिकाका मेयरलगायत जनप्रतिनिधिहरुको भ्रष्टाचारजन्य गतिविधिकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत छापा मारेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि केही दिन चाँगुनारायण नगरपालिका बन्द हुँदा सेवाग्राहीको काम नहुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको थियो । ,
समाज
थप सामाग्रीसरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैनः अर्थमन्त्री पौडेल
January 19, 2025
1.2kViews 446 Shares Share on Facebook Share on Twitter काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैंक…