जन्ती बोकेको ट्याक्टर दुर्घटना, एकको मृत्यु, १९ जना घाइते
![](http://janarakshya.com/wp-content/uploads/2022/02/2-1024x768.jpg)
उदयपुर, २७ माघ
उदयपुरको त्रियुगा नगरपालिका- १६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ । १९ जना घाइते भएका छन् ।
रातापानीबाट बिहेको जन्ती लिएर जाँदै गरेको प्र २-०१-००१ त १०९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिान १० बजे मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका- ७ नागबेलीको जंगलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
दुर्घटनामा त्रियुगा नगरपालिका- १४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ । घाइते भएकाहरूको उद्धार गरी जिल्ला अस्पताल गाईघाट ल्याउने क्रम जारी रहेको र मृतक मग्रातीको शव कानुनी प्रक्रिया पूरा गरी ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी सुबासचन्द्र बोहोराले जानकारी दिए ।घाइतेहरूको अवस्था र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।
समाज
थप सामाग्री![](http://janarakshya.com/wp-content/uploads/2024/10/dhaulagiri-himal-file-photo-468x300.jpg)
पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै
October 14, 2024
1.5kViews 327 Shares Share on Facebook Share on Twitter धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म…