नक्कली इन्सपेक्टर पक्राउ

काठमाडौं माघ २७ ।सिरहामा एक जना नक्कली प्रहरी निरीक्षक हतियार र लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका वडा नम्बर १ बस्ने काठमाडौँ महानगरपालिका वडा नम्बर ४ स्थित मण्डिखाटार बस्दै आएका ३२ वर्षीय असीम गुरुङ रहेको सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिएका हुन् ।आरोपित गुरुङले बसको काउण्टरमा धम्काउँदै गरेको अवस्थामा सिरहाका प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाको कमाण्डमा खटेको प्रहरी टोलीले उनलाई शुक्रवार साँझ पक्राउ गरिएको जनाइएको छ । सिरहा नगरपालिका वडा नम्बर ७ स्थित युवराज डिलक्सको बस काउण्टरमा प्रहरी हुँ भन्दै धम्काएको आरोपमा गुरुङलाई लागुऔषधसहित सिरहा प्रहरीले नियन्त्रणमा लिएको थियो ।सिरहा प्रहरीले शंकाको आधारमा गुरुङलाई चेकजाँच गर्ने क्रममा उनको झोलाबाट नाइट्रोभेट ३९ पिस ट्याब्लेट, स्पास्मो प्रोक्सिवन प्लस २२ पिस बरामद भएको जनाइएको छ । त्यसैगरी सिरहा प्रहरी निरीक्षक असीम गुरुङ लेखिएको नेपाल प्रहरीको नक्कली परिचय पत्र, नक्कली रिभल्भर १ थान, रिभल्भर राख्ने होलस्टर १ थान, ड्याईगन चक्कु १ थान, सायरासैंगबो र असीम गुरुङ लेखिएको मेटल नेम प्लेट २ थान, मोबाईल २ थान, चेकबुक, एटिएम कार्ड, असीम गुरुङ नामको नेपाली नागरिकताको फोटोकपी, ३ हजार रुपैयाँ र एनसेलको ३ वटा सिम बरामद भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । आरोपित गुरुङलाई सिरहा जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको सिरहा प्रहरी प्रवक्ता बुढाथोकीले बताए ।

Facebook Comments Box
संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
३ घण्टा अगाडि

1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…

TOP
Shares