सेनाको ठेक्कामा ब्रम्हलुट
काठमाडौं माघ २७ । नेपालको सुरक्षा निकायमा चाहिने सामाग्री खरिद गर्दा हुने आर्थिक अनियमितताको विषयलाई लिएर निक्कै नै विवाद आउने गरेको छ । चाहे नेपाल प्रहरी होस्, चाहे सशस्त्र प्रहरी हो या नेपाली सेना नै किन नहोस्, सधैं खाद्यान्न खरिददेखि लिएर अन्य सामाग्री खरिदको विषयलाई लिएर सधैं नै विवाद उत्पन्न हुँदै आइरहेको समाचारहरु विभिन्न संचार माध्यममा आइरहन्छ ।
पछिल्लो समय नेपाली सेनामा पनि यस्तै विवाद आएको छ । नेपाली सेनाको बुट खरिदमा करोडौं रुपैयाँ हिनामिना भएको भेटिएको समाचार विभिन्न संचार माध्यममा आइसकेको छ । टेण्डरमा नवौं नम्बरमा परेको र धेरै रकम कबोल गर्ने कम्पनीलाई सेटिङका आधारमा बुट खरिदको जिम्मा दिइएको नेपाली सेना स्रोतले जनाएको छ ।
५२ हजार जोर छालाको कालो जुत्ता खरिदमा अनियमितता भएको हो । महंगो रकम कबोल गर्ने ललितपुरको कर्माचार्य बिजनेश ट्रेडर्सलाई ९ करोड ७३ लाख ९६ हजार भारुमा यसको ठेक्का दिइएको छ । जबकि, अन्य आठ वटा कम्पनीले यो भन्दा सस्तो दररेटमा जुत्ता दिने प्रस्ताव गरेका थिए ।
रोमी सप्लायर्सले सबैभन्दा कम एक हजार दुई सय ८९ रुपैयाँ प्रतिजोरका दरले भारतीय कम्पनी एक्सोफुट वेयरका जुत्ता आपूर्ति गर्ने प्रस्ताव गरेको थियो । तर, प्रतिजोर एक हजार सात सय १३ भारु प्रस्ताव गर्ने कर्माचार्य बिजनेशलाई सो ठेक्का दिइएको छ । जसअनुसार जुत्ता खरिदमा करिब साढे चार करोड रुपैयाँ तलमाथि हुने देखिन्छ । गुणस्तरका नाममा यसरी बुट खरिदमा ठूलो भ्रष्टाचार भएको स्रोतले बताएको छ ।
सेनाले ल्याबमा गुणस्तरसमेत चेक गर्दैन । सेनाकै टिमले आन्तरिक रुपमा कुन गुणस्तीय भएको र कुन कमजोर गुणस्तरको भनेर लगाएर जाँच्ने गर्दछन् । जसकारण बुट खरिदमा हरेक वर्ष ठूलो चलखेल हुँदै आएको छ । यस विषयमा प्रधानसेनापति प्रभुराम शर्मालाई केही थाहासम्म नदिइएको स्रोतले बताएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गर्न नपाउने भएकाले यसरी मनोमानी रुपमा सेनाले ठेक्का गर्दै आएको छ । यस्तो भ्रष्टाचार संगठित हुने गरेको एक सैनिक अधिकारी बताउँछन् ।
विगतमा सेनाले यस्तो खरिदको बोधार्थ रक्षा मन्त्रालयलाई दिने गरेको थियो । तर, हाल मन्त्रालयलाई समेत बोधार्थ दिन छाडेको छ । जसकारण मन्त्रालयबाट अनुगमनसमेत हुने गरेको छैन ।
समाज
थप सामाग्रीनेपाल कम्युनिस्ट पार्टीका नेता गजुरेललगायत सिंहदरबारबाट पक्राउ
October 6, 2024
1.5kViews 409 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेललगायतका नेताहरू पक्राउ परेका…