तुलसीपुरमा आगलागी
![](http://janarakshya.com/wp-content/uploads/2022/02/aagolagi.jpeg)
दाङ, २८ माघ
दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलमा आगलागी भएको छ । बिहीबार राति करिब पौने २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेकाे छैन । चार तले घरमा आगलागी भएकाे हाे ।
तुलसीपुर उपमहागनरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले आगाे नियन्त्रणकाे प्रयास गरिरहेका छन् । अहिले केही नियन्त्रणमा आएको भए पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए । आगलागी भएको घरभित्र केही मान्छे फसेका छन् । उनीहरुसँग सम्पर्क पनि हुन सकेको छैन । धुवाँ र तातोका कारण बाहिरबाट भित्र जान नसक्दा उनीहरुको उद्धार गर्न सकिएको छैन ।
समाज
थप सामाग्री![](http://janarakshya.com/wp-content/uploads/2025/01/bishnu-paudel-468x300.jpg)
सरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैनः अर्थमन्त्री पौडेल
January 19, 2025
1.2kViews 446 Shares Share on Facebook Share on Twitter काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैंक…