कलेजमा धार्मिक पोसाक रोक्न आदेश
नयाँदिल्ली — भारतीय राज्य कर्नाटकको उच्च अदालतले स्कुल तथा कलेजमा कुनै पनि धार्मिक कपडा लगाउन रोक लगाएको छ । मुस्लिम छात्राले ‘हिजाब’ लगाएपछि केही हिन्दुहरूले त्यसको विरोध गरेपछि उक्त विषय विवादित बनेको हो ।
स्कुल कलेजमा मुस्लिम समुदायका छात्राले हिजाब लगाउन पाउने/नपाउने विषय अदालतमा पुगेको थियो । कर्नाटकमा हिजाब र भगवा सलको विषयलाई लिएर विवाद चर्किएको छ ।
कर्नाटक उच्च अदालतले तत्काललाई स्कुल तथा कलेजमा हिजाब वा केसरिया कपडा लगाउन रोक लगाएको हो । हिजाब प्रतिबन्धविरुद्ध परेको रिटको सुनुवाइ गर्दै तीन न्यायाधीशको इजलासले अन्तिम निर्णय नआएसम्म त्यस्तो कपडा नलगाउन आदेश गरेको हो ।यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।
समाज
थप सामाग्री‘परान’को हिस्सा बन्न पाउँदा उत्साहित छुः केकी अधिकारी
January 25, 2025
2.0kViews 355 Shares Share on Facebook Share on Twitter काठमाडौँ । अभिनेत्री केकी अधिकारीले चलचित्र ‘परान’ को हिस्सा बन्न पाएकोमा…