ज्यान सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं, ज्यान सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा दक्षिणकाली नगरपालिका-६ फर्पिङ बस्ने ३५ वर्षीय शिव गिरी (अघोरी)लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
दक्षिणकाली नगरपालिका-६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडी बिहीबार राति गिरीले हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ बर्षीय पुरुषलाई दाउराको चिरपट र बाँसको टुक्रा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते पुरुषलाई मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ हुँदै वीर अस्पताल लगिएकोमा उपचारको क्रममा उनको शुक्रबार बिहान मृत्यु भएको थियो ।
उनी उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
समाज
थप सामाग्रीसरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैनः अर्थमन्त्री पौडेल
January 19, 2025
1.2kViews 446 Shares Share on Facebook Share on Twitter काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैंक…