डाँका चोरीमा संलग्न २ जना पक्राउ

बाँके माघ २९ ।डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई १ थान कटुवा पेस्तोल सहित जानकी गाउँपालिका-५ बुढियागाउँबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् ।
बर्दिया बढैयाताल गाउँपालिका-८ सितबजार बस्ने पर्शुराम सार्कीको घरमा गत पुस २९ गते राति पेस्तोल देखाई करिब ३ लाख ३५ हजार रुपैयाँ बराबरको नगद र सुन लुटपाट भएको तथा माघ १७ गते बाँके खजुरा गाउँपालिका डि गाउँ बस्ने हरी प्रकास बिकको घरबाट नगद ५० हजार रुपैयाँ, साढे ३ तोला सुन र मोटरसाइकल चोरी भएको घटनामा संलग्न उनीहरुलाई ईलाका प्रहरी कार्यालय खुद्रा खजुराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै चोरी भएको उक्त मोटरसाइकल माघ १८ गते बर्दिया बढैयाताल गाउँपालिका-५ बढैयाताल नजिकै रहेको पोखरीमा प्रहरीले फेला पारेको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
२ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…