एसपी को अनौठो असुलि धन्दा
चितवन । सुन्दा पनि अचम्म मात्रै होइन पत्याउनै पनि गार्हाे, तर सत्य कुरा सत्य नै हुन्छ । चितवन जस्तो जिल्लाका एसपीले पैसाका लागि एउटा सामान्य स्तरका हवल्दार तहका कर्मचारीलाई पेल्छन् भन्ने कुरा उजागर भएको छ । यसरी पैसाका लागि पेल्ने एसपी हुन ओम अधिकारी र पेलिने हवल्दार हुन आइतसिंह तामाङ । हवल्दार तामाङ जिप्रकाको क्वाटर माष्टर हुन । उनले व्यारेकमा बस्ने प्रहरीलाई राशन खुवाउँछन् । मासिक ३३०० रूपैयाँमा हवल्दार तामाङले राशन खुवाउछन् ।यतिमा खुवाउछु भनेपछि नाफा घाटा उनी आफैंले व्यहोर्ने हो । तर एसपी अधिकारीको निवासमा खटिएका प्रहरीको राशन पनि क्वाटर माष्टरले नै व्यहोर्नुपर्ने स्थिति यहाँ छ । हरेक जिल्लाका प्रहरी प्रमुखले आफ्नो क्वाटरमा काम गर्ने प्रहरीलाई आफ्नोतर्फबाट खाना खुवाउँछन् । तर एसपी अधिकारीले भने आफुले खाना खुवाउनुको सट्टा क्वाटर माष्टरलाई लगाएका छन् । निवासमा काम गर्ने एक सिपाहीले भने अनुसार एसपी अधिकारीले क्वाटर माष्टरलाई बोलाएर निवासका तीन जना मध्ये एक जनालाई राशन खुवाइदेउ भने पछि हवल्दारले भो, सक्दिन भन्ने अवस्था पनि रहँदैन फौजीमा । कि काम नै छोडिदिनु पर्याे । अझ अचम्म र विडम्बनाको कुरा त के छ भने एसपी अधिकारीको आदेश पछि निवासबाट मेसमा खाना लिन जाने केटालाई फेरि भनेछन् कि खाना तिनै जनालाई ल्याएर खानु । निवासमा तिमीहरूलाई खाना नपकाउनु । त्यसपछि एक जनाको खाना लिन जादा ती सिपाहीले तिनै जनाको लागि खाना ल्याएर खाने गरेका छन् । यो जिल्ला प्रहरीका सबै प्रहरी सम्म पुगेपछि एसपी अधिकारीको पैसा प्रतिको लालचा छताछुल्ल भएको छ ।मातहतका हवल्दार बस्नेदेखि सई बस्ने सम्मलाई टेण्डरमा पोष्टिङ पनि हुने गरेको छ । न्युनतम १२ हजार देखि ५० हजार सम्मको दररेट रहेको छ। चनौली, जुगेडी पदमपुर , जुटपानी र गोन्द्राङले मासिक ५० हजार एसपीलाई बुझाउनुपर्ने स्थायी आदेश जस्तो भएको छ भने घुमुवाको दररेट अरू छ । यसरी मासिक बुझाउनुपर्ने भए पछि टेण्डर हालेर गएकाले बुझाउने बाहेक आफ्नो लागि पनि उठाउनु त पर्याे नै । त्यसपछि कसरी नियन्त्रण हुन्छ भ्रष्टाचार र असुली । आइजिपी कमजोर हुदाको परिणामको रूपमा यस्तो असुली धन्दालाई हेरिएको छ ।
समाज
थप सामाग्रीमाग्ने बूढाले मागे माफी
October 14, 2024
1.5kViews 374 Shares Share on Facebook Share on Twitter काठमाडौं । कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढाले) माफी मागेका छन्…