दीपक कार्की कामु प्रधानन्यायाधीश

फागुन १ काठमाडौं । महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् ।कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन् । कार्की आगामी असोज महिनामा ६५ वर्ष पुग्नेछन् र उमेर हदका कारण स्वतः अवकाश हुनेछन् ।६५ वर्षे उमेर हद लागु हुने व्यवस्था अनुसार जबराको कार्यकाल भने आगामी मंसिर महिनासम्म थियो । यदि उनले पूरा कार्यकाल काम गर्न पाएको भए कार्कीले बीचमै अवकाश पाउँथे ।तर जबराविरुद्ध महाअभियोग लागेपछि कार्कीले अवसर पाएका छन् । संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाइँदैन ।सत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता गराएका छन्
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
२ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…