डान्स बार, दोहोरीलगायत रात्रिकालीन व्यवसाय खुल्यो

काठमाडौंः कोभिड का कारण बन्द भएका  रात्रिकालीन व्यवसाय सञ्चालनमा आउने भएका छन्। कोरोना संक्रमण जोखिमका कारण बन्द भएका रात्रिकालीन व्यवसाय सञ्चालनमा आउने भएका हुन्। जिल्ला प्रशासन

कार्यालय काठमाडौंका अनुसार हिजोदेखि डान्स बार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायतका रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल तथा फुटसल खुल्न पाउने छन्।

जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी राति १० बजे नबढ्नेगरी २०७८ साल फागुन १ गते हिजोबाट सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ।

Facebook Comments Box
TOP
Shares