न्यायालमा देखिएको बेथिति हटाउन महाभियोग : प्रचण्ड
जनकपुर फागुन २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको बेथिति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन् । उनले जनकपुरमा आयोजित एक कार्यक्रमाम प्रधानन्यायाधीश जबराविरुद्ध अधिवक्ताहरु मात्रै होइन, न्यायधिशहरु पनि देखिएको र न्यायालय अस्तव्यस्त जस्तै भएकोले ति बेथितिलाई हटाउन गठबन्धनकै सहमतिमा महाअभियोग प्रस्ताव दर्ता गराइएको उनले बताए । संवैधानिक बाटोबाट प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइएको उनको भनाइ थियो । प्रचण्डले गठबन्धन कुनै पनि कारणले नटुट्ने दाबी गरे ।
प्राप्त उपलब्धिमाथि देशी विदेशी प्रतिक्रियावादीहरुबाट आक्रण भइरहेको प्रचण्डको भनाइ थियो । ‘हरेक क्रान्तिको विरुद्ध प्रतिक्रान्ति हुन्छ, त्यो अहिले जारी नै छ अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्ध, जनआन्दोलन, मधेश जनविद्रोहबाट प्राप्त उपलब्धी विरुद्ध देशीविदेशी तत्व अझै लागेको छ । तर पनि हामी निराश भएका छैनौ । खेल अझै बाँकी नै छ ।’
प्रतिक्रियावादी शक्तिहरु काँग्रेस, माओवादी, नेकपा एस, जसपासहितका गठबन्धन फुटाउन सुरुदेखि नै लागेको अध्यक्ष प्रचण्डको भनाइ छ ।
प्रचण्डले भने,‘ केहि व्यक्ति संविधानमै नभएको व्यवस्थालाई टेकेर संसदलाई विघटन गर्ने काम गरे । तर हामी जनयुद्धका नेता, जनआन्दोलनका नेता र मधेश विद्रोहका नेता जिउँदै भएकोले त्यसविरुद्ध संगठित भएर उनलाई सत्ताबाट हटाई लोकतन्त्रणको रक्षा गर्ने काम गरियो ।’
आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारका मधेशी शहिद प्रतिष्ठानले जनकपुर आयोजना गरेको जनयुद्धका शहिद परिवारजनलाई सम्मान तथा अनुदान वित्तरण कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारले जनयुद्धका शहिद परिवारजनलाई सम्मान गरेर राष्ट्रिय एकता सन्देश दिएको बताएका छन् ।
मधेश प्रदेशले जनयुद्धलाई आज सरकारी स्तरबाट सम्मान गरेर राष्ट्रिय एकताको सन्देश दिएको छ, अब मधेश प्रदेशको अनुशरण संघीय सरकार मात्रै होइन बाँकी सबै प्रदेशका सरकारहरुले गर्नुपर्छ ।’
प्रदेश सरकारले जनयुद्धको क्रममा मधेश प्रदेश प्रदेशबाट शहिद भएका तथा ज्यान गुमाए परिवारजनलाई तीन लाख दिने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो चरणमा आईतवार एक लाखको दरले अनुदान वित्तरण गरिएको छ ।
जनयुद्धका क्रममा मधेशले आफूलाई धेरै सहयोग गरेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने,‘जनयुद्धकै क्रममा मधेशकै जिल्लाहरुमा हतियार बनाउने काम सिकेँ, यहाँका वुद्धिजीवीहरुले जनयुद्धमा धेरै नै सहयोग गरे । जब निराश हुन्थें शक्ति आर्जनका लागि मधेशका जिल्लाहरुमा आउँथे की त पहाडका गरिब वस्तीमा जान्थे । त्यसकारण मधेशसँग मेरो पुरानै लगाव र नाता छ ।’
समाज
थप सामाग्रीसरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैनः अर्थमन्त्री पौडेल
January 19, 2025
1.2kViews 446 Shares Share on Facebook Share on Twitter काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैंक…