पर्यटकीय स्थलको अनुपम उपहार: कालिञ्चोक भगवती
फागुन २ ,काठमाडौं । हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला ? कालिञ्चोक भगवती मन्दिर पुग्ने जोसुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् । काठमाडौंबाट केही घण्टाको यात्रामै पुगिने कालिञ्चोक भगवती मन्दिरलाई नजिकको तीर्थ पनि भनिन्छ ।
धार्मिक मान्यता अनुसार कालिञ्चोक भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा पुग्ने जनविश्वास पनि छ ।
कालिञ्चोक भगवती मन्दिर धार्मिक रुपले पनि प्रसिद्ध मानिन्छ । मनोरम दृश्य समेत अवलोकन गर्न पाइने यो मन्दिर परिसरबाट गौरीशंकर हिमाल आँखै अगाडि देखिन्छ । साथै लाङटाङ हिमश्रृंखलाको काखैमा उभिएको महसुस गर्न सकिन्छ यहाँबाट ।
काठमाडौंबाट दोलखाको चरिकोटसम्म पक्की सडक भए पनि कालिञ्चोक भगवती मन्दिर पुग्न केही समय कच्ची बाटोमा हिँड्नुपर्छ ।
हिउँ परेका बेला कच्ची बाटो चिप्लो हुने भएकाले सवारी साधन सोचविचार गरेर मात्रै गुडाउनुपर्छ । केही क्षण गाडीमा गुडे पनि मन्दिरमा पुग्नेबेलामा भने ठाडो उकालो पैदल हिँड्नै पर्छ । मन्दिरमा पुग्नेबेलाको ठाडो उकालोमा लेक लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ ।
कालिञ्चोकको फेदी कुरीसम्म सवारी साधन जान्छ । अनि सुरु हुन्छ पैदल यात्रा । सिधै ठाडो उकालो भएकाले केही असज भए पनि मन्दिर पुगेपछि स्वर्गीय आनन्द प्राप्त भएको अनुभूति मिल्छ ।
कालिन्चोक मन्दिरमा दशैं, जनैपूणिर्मा, नववर्ष र चैतेदशैंमा खुट्टा टेक्ने ठाउँ समेत हुंदैन । यो मन्दिर समुद्र सतहबाट करिब ३८ सय ४२ मिटरको उचाईमा छ ।
समाज
थप सामाग्रीआर्थिक विकासका लागि महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमको सहकार्य जरुरी : ढकाल
September 9, 2024
1.2kViews 152 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक…