ठगीमा संलग्न रहेको अभियोगमा खातुन पक्राउ

मोरङ फागुन ३ ।धनपालथान गाउँपालिका-३ बेतौना बस्ने ३० वर्षीया महिलाको अन्दाजी १३ तोला चाँदीका गहना ठगी गरेको अभियोगमा सोही गाउँपालिका-७ बस्ने ४० वर्षीया रिना खातुनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । रिनाले ती महिलाको घरमा चाँदीका गरगहना राखी जोखना हेराउने भन्दै उक्त परिमाणको चाँदीका गहना ठगी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी बतौनाबाट खटिएको प्रहरीले रिनालाई पक्राउ गरेको हो ।
झापा, चेक बाउन्स सम्बन्धी मुद्दा मिलाईदिन्छु भनि नगद २ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा बिर्तामोड नगरपालिका-५ सिटिसेन्टर बस्ने ३६ वर्षीय दिनेश लिम्बुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । दिनेशले चेक बाउन्स सम्बन्धी मुद्दा मिलाईदिन्छु भनि बिर्तामोड नगरपालिका-६ बस्ने एक व्यक्तिबाट बिभिन्न मितिमा उक्त नगद ठगी गरेको र पुनः नगद ४ लाख रुपैयाँ माग गरेको भनी ईलाका प्रहरी कार्यालय अनारमनीमा निबेदन प्राप्त भएपछि सो कार्यालयबाट खटिएको प्रहरीले दिनेशलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १० गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 23, 2025
3.8kViews 228 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…